मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस, प्रधानमन्त्री र प्रचण्डबीच आज पनि छलफल
काठमाडौं । सत्ता सम्हालेको आधा महिना बितिसक्दा पनि मन्त्री परिषद्ले पूर्णता पाउन सकेको छैन। शनिबार मन्त्री परिषद्लाई पूर्णता दिलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डाबीच बालुवाटारमा छलफल भएको छ।
करिव ८ घण्टा भएको छलफलमा मन्त्रीपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको बताइएको छ। देउवा नेतृत्वको सरकार बनाउँनका लागि नेकपा एमालेमा विद्रोह गरेको माधव नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने बारे पनि आजको भेटवार्तामा छलफल भएको स्रोतको भनाइ छ।
यअघि बसेको सत्ता गठबन्धनको बैठकले शिर्ष नेताहरुलाई मन्त्री छनोटका लागि जिम्मेवारी दिएको थियो। हाल नेकपा माओवादी केन्द्रबाट २ र नेपाली कांग्रेसबाट २ जना मन्त्रिसहित एक राज्यमन्त्रीको साथमा देउवाले सरकार चलाइरहेका छन्। अझै पनि १९ जना मन्त्रीहरु नियुक्त गर्न बाँकी छ।
गठबन्धनमा रहेको जनमोर्चाले सरकारमा नजाने नीति लिएको छ भने नेपाल समूहले पनि ठोस निर्णय नलिएको अवस्थामा आफ्नो पार्टी, माओवादी केन्द्र र जसपाबाट मन्त्री छान्न प्रधानमन्त्रीलाई सकस परेको छ।
माधव नेपाल पक्षलाई पनि समेटेर सरकारमा जानेगरी छलफल गर्न प्रधानमन्त्रीले प्रचण्डसँग कुरा गरेको स्रोतको भनाइ छ। उता प्रचण्डले एमालेका बरिष्ठ नेता समेत रहेको माधवकुमार नेपालसँग पनि सरकारमा जानेबारे कुरा भइरहेको बताएका छन्।







डिसी नेपाल








Facebook Comment