आइतबार देशभरको मौसम कस्तो छ ?

डिसी नेपाल
१७ साउन २०७८ ६:५१
228
Shares

काठमाडौं । देशका विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आफै दैनिक बुलेटिनमार्फत महाशाखाले सतर्क रहन समेत आग्रह गरेको छ।

महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ साथै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखाले अहिले देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाकी प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षा भैरहेको जनाएको छ।

आइतबार दिउसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।

यस्तै आज राती पनि प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ।

आज प्रदेश १ मा २४ देखि ३२ डिग्री सेल्सियससम्म तापक्रम रहने छ। यस्तै प्रदेश २ मा ३१ देखि ३३, बाग्मतीमा २९ देखि ३१, गण्डकीमा ३१ देखि ३३, लुम्बिनीमा ३० देखि ३६, कर्णालीमा २४ देखि ३३ र सुदूरपश्चिम प्रदेशमा ३३ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.