एमाले स्थायी कमिटी बैठक जारी, माधव समूह अनुपस्थित, बामदेव सहभागी
काठमाडौं। नेकपा एमाले स्थायी कमिटीको बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी छ। शनिबार बसेको बैठक विवाद समाधानका लागि प्रयास गरिने भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको थियो। तर, आइतबार विवाद समाधानको कुनै निर्णय नभएका बेला स्थायी कमिटी बैठक बसेको हो।
बैठकमा माधव नेपाल समूह भने अनुपस्थित छ। तर, उपाध्यक्ष वामदेव गौतम भने बैकठमा सहभागी भएका छन्। यो बैठकमा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागलाई पूर्णता दिने र माधव समूहमाथिको कारबाहीका विषयमा छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ जनालाई स्पष्टीकरण सोधिएको छ। सो स्पष्टीकरणको उनीहरुले जवाफ पनि दिएका छन्। तर, त्यस विषयमा थप निर्णय भने भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment