मध्यपुरथिमी नगरपालिका जाने सडकको दयनीय अवस्था (फाेटाेफिचर)

तर्कबहादुर थापा
१९ साउन २०७८ ९:४८
124
Shares

काठमाडौं । मध्यपुरथिमी नगरपालिका जाने बाटोको अवस्था दयनीय छ। मध्यपुरथिमीको मुख्यबाटोदेखि नगरपालिका जानेबाटोमा खाल्डाखुल्डी र हिलो/धुलोका कारण स्थानीयलाई सास्ति भएको छ।

स्थानीय व्यापारी विगत लामो समयदेखि हिलोधुलोको चपेटामा परेका छन्। कपडा पसल गरेर बसेका सुदर्शन श्रेष्ठ बाटो हेर्दै दङ्ग परेको बताउँछन्। उनले भने, ‘यो बाटो हेरेर म छक्क पर्छु। किन भने नगरपालिकाको सबै कर्मचारीको हिँड्नेबाटो यही हो। मेयरसाब, उपमेयरसाब, अरु पनि। बनाउने भनेर खनेको पनि १ वर्ष बढी भइसक्यो यही हालतमा छ।’

दैनिक विहान बेलुकी जनप्रतिनिधि हिड्ने उक्तबाटोको अवस्था हेरेर अन्य ठाउँमा विकास कसरी भएको भन्ने कुरालाई अनुमान लगाउन सक्ने उनको भनाइ छ। उनले भने, ‘भोट दियौं। विकास गर्लान भन्ने भयो। हेर्नुहोस् यो अवस्था। आफूले दैनिक हिड्ने यो बाटो सुधार गर्न नसक्ने जनप्रतिनिधिबाट के अपेक्षा गर्नु। दुरदराजमा विकास कसरी भएको होला।’

पारिवारिक संस्कारको बारेमा बुझ्न आगन हेर्नु भन्ने नेपाली कथनलाई आधार मान्नेहो भने मध्यपुरथिमी नगरपालिकाको अवस्थाका बारेमा बुझ्न गेट बाहिरको रोड हेर्दा हुन्छ। आफ्नै आगनलाई सुधार गर्न नसकेको नगरपालिकाको अरु ठाउँको विकास कस्तो होला यो प्रश्न नगरपालिका पुग्ने सबैको मनमा उठ्ने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.