सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ।
मंगलबार स्थिर रहेको सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार पनि सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर छ। मंगलबार तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम छ।
मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। यस दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment