काष्ठमण्डप पुनर्निमाण अन्तिम चरणमा (तस्वीरसहित)

फुर्पा शेर्पा
२२ साउन २०७८ ६:३९
384
Shares

काठमाडौं। काष्ठमण्डपको पुनर्निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ। विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको पुरातात्विक तथा ऐतिहासिक महत्वको काष्ठमण्डप पुनर्निमार्णको अन्तिम चरणमा पुगेको निमार्ण समितिले जनाएको छ।

सम्पदाको पुनर्निमार्ण कार्य ९० प्रतिशत भन्दा बढी सकिएर अन्तिम चरणमा रहेको काष्ठमण्डप पुनर्निमार्ण समितिका अध्यक्ष राजेश शाक्यले बताए। संशाेधित मिति अनुसार गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोभिडका कारण ढिलाई भएको अध्यक्ष शाक्यले बताए।

उनले भने, ‘हामीले यही असार महिनामा सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ। निमार्णको काम करिब ९० प्रतिशत भन्दा धेरै सकिएको अवस्था छ। त्यसैले अब पुर्न निर्माणको अन्तिम चरणका कामहरु भइरहेका छन। तेस्रो लहरले असर गरेन भने अबको केही महिनाभित्र काम सम्पनन हुन्छ।’

पुरातात्विक सम्पदा भए पनि यसको निमार्णको जिम्मा काठमाडौं महानगरपालिकाले लिएको छ। पुरातत्व विभागले करिब चार वर्ष पहिले सम्पूर्ण परियोजनाको लागत १९ करोड ८८ लाख लाग्ने अनुमान गरेको थियो। तर, अहिलेसम्म काठमाडौं महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) विश्व सम्पदा सूचीमा रहेको र सातौं शताब्दीमा निर्माण गरिएको काष्ठमाण्ड सन् २०१५ मा गएको विनाशकारी भूकम्पले कुरुप बनेको थियो। त्यसको ५ वर्षपछि काष्ठमण्डप पुरानाे शैलीमा फर्किन लागेकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.