माधव नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने
काठमाडौं। पार्टी एकताका विषयमा भइरहेको प्रयास र त्यो विषयमा केन्द्रीय सदस्यको धारणा बुझ्न एमाले वरिष्ठ नेता माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक केही बेरमा सुरु हुँदैछ।
बैठकले पार्टी एकता गर्ने वा देउवा नेतृत्वको सरकारमा जाने विषयमा निर्णय गर्ने बताइएपनि बैठकमा सरकारमा सहभागी हुने एजेण्डा नभएको नेताहरुले बताएका छन्।
माधव नेपाल समूहलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गर्दै आएका छन्। नेपालमाथि आफ्नै समूहभित्र पनि सरकारमा सहभागी हुन दबाव परिरहेको छ।
केन्द्रीय कमिटी बैठकमा सरकारमा सहभागी हुने नहुने कुनै एजेण्डा नभएको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए। संचारकर्मीसँग कुरा गर्दै चौधरीले पार्टी एकताका विषयमा छलफल हुने भएपनि सरकारमा सहभागी हुने नहुने कुनै एजेण्डा नरहेको बताए। उनले बैठकमा ९० जना केन्द्रीय सदस्य उपस्थित भएको दाबी पनि गरे।
आजको बैठकले पार्टी एकता गर्ने वा सरकारमा सहभागी हुने विषयमा नेपाल समूहले निर्णय लिने बताइएको थियो। तर सरकारमा सहभागी हुने एजेण्डा नै नरहेपछि नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएको छ।
सरकारमा सहाभागी हुँदा पार्टीले कारवाही गर्ने र कानुनी रुपमा आफूसँग छुट्टै दल नभएका कारण नेपाल समूह तत्काल सरकारमा सहाभागी नहुने भएको हो।
फेरि नेपाल समूहबाट विवाद समाधानका लागि गठित तत्कालीन कार्यदलमा सहभागी नेताहरुले सरकारमा एकता प्रयास जारी रहेको भन्दै तत्काल सरकारमा सहभागी नहुन सुझाव दिएपनि नेपाल समूह तत्काल सरकारमा सहभागी हुने संभावना टरेको हो।
नेपाल समूहले निर्णय गर्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएक देउवाले पाँच जना मन्त्रीको भरमा सरकार चलाइरहेका छन्।







डिसी नेपाल








Facebook Comment