मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेशसभाको बैठक बोलाइयो

डिसी नेपाल
२१ साउन २०७८ १६:२२
224
Shares

काठमाडौं। लुम्बिनी प्रदेशसभाको विशेष बैठक बोलाइएको छ। विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै विशेष बैठकको माग गरेका थिए। विपक्षीले विशेष बैठकका लागि समावेदन गरेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको विशेष बैठक बोलाएको प्रदेश सभा सचिवलायले सूचना जारी गरेको छ। यही साउन २७ गतेका लागि बैठक बोलाइएको हो।

८० सदस्यीय प्रदेश सभामा एमालेका ३८ सांसद छन् भने विपक्षी दल काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र राजमोका १ सांसद छन्। मुख्यमन्त्री पोखरले हालसम्म स्पष्ट अल्पमतमा देखिएका छन्। तर, माओवादीका एक सांसद सभामुख भएकाले अविश्वासको प्रस्ताव पारित गर्न पनि विपक्षीलाई समस्या छ। कुनै एक सांसदले तलमाथि गर्दा विपक्षीहरुले राखेको अविश्वासको प्रस्ताव असफल हुने सम्भावना पनि छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.