माधव समूहले बोलाएको बैठकमा के के भयो ?

डिसी नेपाल
२१ साउन २०७८ १७:५१
2.0k
Shares

काठमाडौं। नेकपा एमालेको माधव समूहको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले बोल्न बाँकी रहेकाले शुक्रबार पनि बैठक बस्ने भएको छ। विहीबारको बैठकमा आधादर्जन केन्द्रीय सदस्यहरुले आ आफ्नो भनाइ राखेको बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।

उनका अनुसार विहीबार केन्द्रीय कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक भएको थियो। सो बैठकमा पार्टीको विवाद समाधानका लागि भएका वार्ताहरुबारे समीक्षा भएको थियो। विवाद समाधानका लागि भन्दै कार्यदलमा भएको १० बुँदे सहमतिबारे पनि स्थायी कमिटीमा छलफल भएको पन्तले जानकारी दिए। बैठकमा परिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने विषयमा बोलेको बताए।

त्यसपछि शुरु भएको केन्द्रीय कमिटी बैठकको अध्यक्षता वरिष्ठ नेता नेपालले गरेका थिए। अध्यक्षतापछि बैठकमा नेता नेपालले आफ्नो भनाइ राखेका थिया। सो क्रममा नेता नेपालले वार्तामा भएका प्रगतिबारे बोलेको पन्तले बताए। तर, उनले वरिष्ठ नेताको भनाइ के थियो भन्ने विषयमा भने जानकारी दिएनन्। उनले पार्टीलाई मिलाएर अगाडि बढ्नुपर्ने धारणा रहेको बताए।

त्यसपछि बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिबारे व्रिफिङ गरेका थिए। बैठकमा सरकारलाई सुझाव, दार्चुला प्रकणमा सरकारसँग जवाफ माग, बाढी पहिरो पीडितलाई राहत तथा उद्धारबारे पनि छलफल भएको छ। मुख्य विषय अब सो समूह कसरी अगाडि बढ्छ भन्ने विषयमा भने शुक्रबारमात्र निर्णय हुने जनाइएको छ।

अध्यक्ष केपी शर्मा ओली समूहले माधव समूहलाई यो बैठक नगर्न भनेको थियो। र बैठकमा सहभागी नहुनसमेत आव्हान गरेको थियो। विहीबारको बैठकमा २०१ सदस्यीय केन्द्री कमिटी मध्ये कम्तिमा ७० जना उपस्थित रहेको दावी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.