नेपाली मूलकी फुटबलर अस्मिता आले बेलायतको चर्चित क्लव टोटनह्यामबाट खेल्ने

डिसी नेपाल
२३ साउन २०७८ १६:०६
3.3k
Shares

काठमाडौं। नेपाली मूलकी फुटबलर अस्मिता आले बेलायतको चर्चित क्लव टोटनह्याम हटस्पर्सका लागि खेल्ने भएकी छिन् । टोटनह्यामले आफ्नो सामाजिक संजालमार्फत अस्मितालाई क्लवमा अनुबन्ध गरिएको जानकारी दिएको छ । अस्मिता इङल्याण्डको राष्ट्रिय अण्डर १९ टिमकी डिफेण्डर हुन् । उनी यसअघि एस्टन भिल्लामा थिइन् ।

गत सिजनको वुमन्स सुपर लिगमा एस्टन भिल्ला १० औं स्थानमा रहेको थियो भने टोटनह्याम हटस्पर्स ८ औं स्थानमा थियो । यद्यपि अस्मिता १९ वर्षको उमेरमै कुशल डिफेण्डरको रुपमा देखिएकी थिइन् । अहिले १९ वर्षकी अस्मिताको लागि यो अनुबन्धले भविष्यका अवसरको ढोका खोल्ने विश्वास गरिएको छ । अस्मिता वुमन्स सुपर लिग खेल्ने नेपाली मूलकी पहिलो खेलाडी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *