सङ्घीयताका विषयमा पुनः विचार गर्नुपर्छ : अध्यक्ष थापा

डिसी नेपाल
२४ साउन २०७८ १९:३६
64
Shares

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताए ।

उनले भने, “पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन । अब विचार नै परिवर्तन गर्न जरुरी छ ।” सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व र समृृद्धिको यात्रा पूरा नहुने भन्दै उनले यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.