गापाले बन्द गर्‍यो, खाँदबारी–किमाथाङ्का राजमार्गको छ्याङ्कुटी–देउराली सडक

डिसी नेपाल
२४ साउन २०७८ २१:५२
128
Shares

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का राजमार्ग अन्तर्गतको छ्याङ्कुटी–देउराली सडक खण्ड चिचिला गाउँपालिकाले बन्द गरेको छ । चिचिला छ्याङ्कुटी–देउराली सडक खण्ड बिग्रेको र सम्बन्धित निकायले सडक बनाउन बेवास्ता गरेको भन्दै सडक बन्द गरेको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिए ।

अरुण तेस्रो आयोजनाका मालबहाक सवारीसाधन जथाभावि पार्किङ गर्ने र सडक मर्मतमा विभिन्न निकायमा अनुरोध गर्दासमेत बेवास्ता गरेपछि गाउँपालिकाले सूचना सार्वजनिक गर्दै आजदेखि सडक खण्ड बन्द गरेको अध्यक्ष शेर्पाले बताए । अरुण तेस्रोका ठूला मालबाहक सवारीसाधनका कारण छ्याङ्कुटी चिचिला–देउराली सडक खण्ड बिग्रेपछि एम्बुलेन्स सञ्चालनमासमेत समस्या भएको छ । सो सडक खण्ड मर्मत नभएसम्म अरुण तेस्रो आयोजनालगातयत ठूला सवारीसाधन चल्न नदिने अध्यक्ष शेर्पाको भनाइ छ ।

​गाउँपालिकाले सङ्खुवासभा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल र उत्तर दक्षिण सडक कार्यालयलाई अनुरोध गर्दा पनि बेवास्ता गरेका कारण सडकखण्ड अवरुद्ध गर्न बाध्य भएको उनको भनाइ छ । लगातारको वर्षाले अरुण तेस्रोका ठूला सवारीसाधन बिग्रेर सडकमा अलपत्र पार्किङ गरेका कारण सडकको कुलो, ड्रेन भत्किएकाले सडक झन बिग्रिदै जाँदा स्थानीयवासीले सास्ती भोग्नु परेको उनले गुनासो गरे । छ्याङ्कुटी–देउराली सडकखण्डमा एम्बुलेन्सलगायत अत्यावश्यक साना सवारीसाधन भने सञ्चालन हुने अध्यक्ष शेर्पाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.