मन्त्रिपरिषद विस्तारमा अल्झियो देउवा सरकार
काठमाडौं। सरकार गठन भएको एक महिना पुग्न लाग्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा सरकारको काम प्रभावकारी हुन सकेको छैन। प्रधानमन्त्री देउवाले शुरुमा कांग्रेसबाट र माओवादीबाट दुई जना लिएर सपथ गरे।
सरकारको साझा न्युनतम कार्यक्रम सार्वजनिक भएपछि सरकार विस्तार गर्ने बताइएपछि सहयात्री र प्रधानमन्त्रीकै पार्टीभित्र मन्त्री चयन गर्न सकस परेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सम्मानजनक सहभागिता नपाए देउवालाई एकलौटी सरकार चलाउने दिने गरी छलफल चलाएको छ। माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्री चयन गर्न सकेको छैन भने जनता समाजवादी पार्टीले पनि मन्त्री चयन गर्न सकेको छैन।
उता माधव नेपाल समूहले सरकारमा सहभागी नुहने जनाएपछि देउवालाई विश्वासको मत दिएका २२ जना सांसदले सरकारमा सहभागी हुन दबाव दिएका छन्। यसरी लामो समयसम्म सरकार विस्तार गर्न नसक्दा प्रधानमन्त्री देउवाको क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ। सोमबार सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ।
उक्त कार्यक्रममा एमसीसीको विषय समावेश गरिएको छैन। देउवाको दल एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छ। माओवादी सांसद गजेन्द्र महत एमसीसी जस्ताको त्यस्तै पारित गरे सरकार ढल्ने अवस्था आउने बताउँछन्। तर प्रधानमन्त्री देउवा त्यसका लागि तयार छैनन्।
आफ्नो देशको स्वार्थ पूरा गर्न नेपालमा व्यापार सम्बन्ध बढाउने योजना छिमेकीको मात्र होइन सात समुन्द्रपारीको अमेरिकाले आश देखाएको एमसीसी परियाजना र चीनको स्वार्थको विआरआईसँगको सम्बन्ध पनि ध्यान दिनुछ।
उता माधव नेपाल समूह सरकारमा सहभागी नहुने पक्का भएको छ। नेपाल समूह सरकारमा सहभागी नहुने पक्का भएपछि गठबन्धनका तीन दलबीच मन्त्रालय र मन्त्रीको भागबण्डा टुंगो लाग्ने छ।
काँग्रेसबाट तीनजना मन्त्री भइसकेकाले अब सो दलबाट बढीमा ५ जना मन्त्री बन्नेछन्। यस्तै माओवादी केन्द्रबाट २ जना मन्त्री भइसकेकाले सो दलबाट पनि बढिमा ५ जना मन्त्री बन्नेछन्। उता जसपाबाट ७ जना मन्त्री बन्ने सम्भावना छ।
यी तिनवटै दलमा मन्त्रीका आकांक्षी भने थेगिनसक्नु रहेका छन्। केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलका ४९ जना सांसहरु नै मन्त्रीको आकांक्षी भएकाले आफू तनावमा परेको बताएका थिए।
माओवादी केन्द्रमा कृष्ण्बहादुर महरा, हरिबोल गजुरेल, मातृका यादव, बिना थापा मगर, कृष्णबहादुर महरा, देवेन्द्र पौडेल, देव गुरुङ, अमनलाल मोदीलगायतका नेताहरु मन्त्रीका आकांक्षी छन्।
यस्तै काँग्रेसमा सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का, दिलेन्द्र प्रसाद बडु, पुष्पा भुसाल, उमाकान्त चौधरी, भिमसेनदास प्रधान, प्रकाश स्नेही, तेजुलाल चौधरी, मीन विश्वकर्मालगायतका मन्त्रीका आकांक्षी छन्। काँग्रेसका एक नेताले भने, ‘मन्त्रीका आकांक्षी आ- आफ्नो गुटका नेताहरुका धाइरहेका छन्। बुढानिलकण्ठ, बोहोराटार धाउनेहरुको संख्या निकै धेरै छ।’
उता जसपामा पनि मन्त्री बन्न चाहनेहरुको संख्या निकै छ। अध्यक्ष उपेन्द्र यादव, प्रदीप यादव, इस्तियाक राई, सीतारम अग्रहरीलगायतका छन्।







डिसी नेपाल








Facebook Comment