मेस्सीबिनाको बार्सिलोनाले रोनाल्डोसहितको युभेन्टसलाई हराउँदै जोन गाम्पर ट्रफी जित्यो
काठमाडौं। केही वर्षअघिसम्म स्पेनिस लिग ला लिगाका सबैभन्दा ठूला प्रतिस्पर्धी र विश्व फुटबलका २ सर्वोत्कृष्ट खेलाडी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो अब दुवै स्पेनिस लिगमा छैनन् । रोनाल्डो यसअघि नै इटलियन सिरी ए क्लव युभेन्टस गइसकेका छन् । मेस्सीले पनि भर्खरै बार्सिलोना छोडेका छन् ।
यही बीचमा आज बिहान बार्सिलोना र युभेन्टसबीच जोन गाम्पर ट्रफीको उपाधिको लागि प्रतिस्पर्धा भयो । मेस्सीबिना मैदानमा उत्रिएको बार्सिलोनाले यो खेलमा रोनाल्डोसहित उत्रिएको युभेन्टसलाई ३–० ले पराजित गर्दै उपाधि जितेको छ । आजको खेलमा बार्सिलोनाका लागि तेस्रो मिनेटमै मेम्फिस डिपे, ५७ औं मिनेटमा मार्टिन ब्रेथवेट र ९२ औं मिनेटमा रिकी पिगले गोल गरे ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment