कांग्रेस वरिष्ठ नेता पाैडेल पक्षीय जिल्ला सभापतिकाे भेला जारी
फाइल फाेटाे
काठमाडौं। पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेका बेला आफ्नो रणनीति बनाउन रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेला सुरू भएकाे छ। जारी भेलामा ४७ जिल्लाका सभापति सहभागी भएका छन्।
भेलामा महाधिवेशन निर्धारित मितिमा सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल भइरहेकाे छ। क्रियाशिल सदस्यता विवाद कसरी समाधान गर्ने भन्नेबारेमा पनि भेलामा छलफल हुने नेताहरुले जनाएका छन्। आज दिनभर चल्ने भेलापछि पौडेल पक्षको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ।
ताेकिएकाे समयमा महाधिवेशन नहुने भएपनि वरिष्ठ नेता पाैडेल सभापति शेरबहादुर देउवाप्रति आक्रामक भएका छन्। पाैडेलले देउवा सर्वत्र असफल भएको आरोप पनि लगाएका छन्।
सामाजिक संजाल फेसबुकमा आक्रोश पोख्दै वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर ६महिना थपियो। आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली काग्रेसलाई निर्वाचन आयोगसँग भीक माग्ने निरीह अवस्थामा पुर्याएको छ। यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लावरवाही के हुन्छ? यो देशकै बिडम्बना हो। सवत्र असफल भएका व्यक्ति बारम्बार नै सत्ता सम्हाल्न पुग्छन्।’
०७२ सालमा भएको १३ औं महाधिवेशनको चार वर्षे कार्यकाल पूरा भइसकेको छ। त्यसयता विधानले दिएको अधिकार अनुसार अतिरिक्त एक वर्षको कार्यकाल थप्न पाउने अधिकारपनि प्रयोग गरिसकेर पनि राजनीतिक दलसम्बन्धी धारा २६९ को उपधारा ४ ९ख० को व्यवस्था अनुसार ६ महिना समय थप गरी भदौ भित्र अधिवेशन गर्नैै पर्ने संवैधानिक संकटमा कांग्रेस रहेको छ।
ताेकिएकाे समयमा महाधिवेशन नहुने भएपछि कांग्रेसकाे महाधिवेशन र वैधानिकताको विषयमा शिर्ष तहबाट निर्वाचन आयोगको पदाधिकारीहरुसँग छलफल भएको थियाे।
कानून मन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र निर्वाचन आयुक्त दिनेश थपलियाबीच अधिवेशनको कानूनी र संवैधानिकता सहजताको विषयमा छलफल भएको बताइएकाे छ।
उक्त छलफलमा कोरोना काललाई शुन्य समय मान्न सकिने र पुषसम्म कुनैपनि हालतमा अधिवेशन सम्पन्न गर्ने विषयमा आयोगको पदाधिकारी सकारात्मक भएको स्रोतले जनाएको छ।
छलफलमा कोरोना काललाई शुन्य समय मान्न सकिने र पुषसम्म कुनैपनि हालतमा अधिवेशन सम्पन्न गर्ने विषयमा आयोगको पदाधिकारी सकारात्मक भएको स्रोतले जनाएको छ।







डिसी नेपाल








Facebook Comment