महन्थ ठाकुरलाई जनता समाजवादी पार्टीको अध्यक्षबाट हटाइयो

डिसी नेपाल
२५ साउन २०७८ १५:५४
1.7k
Shares

काठमाडौं। महन्थ ठाकुरलाई जनता समाजवादी पार्टीको अध्यक्षबाट हटाइएको छ । जनता समाजवादी पार्टीले निर्वाचन आयोगलाई पठाएको पत्रअनुसारको पार्टीको व्यवस्था कायम गरिएपछि ठाकुर औपचारिक रुपमा पार्टीको अध्यक्षबाट हटेका हुन् । पार्टीले एकल अध्यक्ष र ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । सोही अनुसार आयोगले रेकर्ड अद्यावधिक गरेको छ ।

अब जसपामा उपेन्द्र यादव मात्र अध्यक्ष भएका छन् । जसपा दुई गुटमा विभाजित भएपछि निर्वाचन आयोगले उपेन्द्र यादवको समूहलाई आधिकारिकता दिएको थियो । निर्वाचन आयोगमा हेड काउन्ट हुँदा उपेन्द्र पक्षको विपक्षमा उभिने अध्यक्ष ठाकुरसहित सबैलाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाइएको छ । महन्थ ठाकुरले भने निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् र मुद्दा विचाराधीन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.