अस्ट्रेलियाको लज्जास्पद ब्याटिङ, टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम रन बनायो
काठमाडौं । बंगलादेशविरुद्ध अस्ट्रेलियाले लज्जास्पद ब्याटिङ गरेको छ । ढाकामा भएको पाँचौ तथा अन्तिम टी२० मा अस्ट्रेलियाले खराब ब्याटिङ गर्दै मात्र ६२ रन बनाएको हो । जुन टी२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाको सबैभन्दा कम रन हो । यसअघि अस्ट्रेलियाले सन् २००५ मा इंग्ल्याण्डविरुद्ध ७९ रन बनाएको थियो ।
बंगलादेशले दिएको १२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले खराब ब्याटिङ गर्दै १३.४ ओभरमा मात्र ६२ रनमा समेटियो । अस्ट्रेलियाका दुई खेलाडी बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । बंगलादेशका शाकिब अल हसनले ४ विकेट लिँदै टी२० अन्र्तराष्ट्रियमा १०० विकेट लिने बंगलादेशी खेलाडी बने । यस्तै मोहम्मद शैफुद्दिनले ३ तथा नसुन अहमदले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ८विकेट गुमाएर १२२ रन बनाएको थियो । जितसँगै घरेलु टोलीले ५ खेलको सिरिजमा ४ खेल जित्दै अस्ट्रेलियाविरुद्ध पहिलोपटक सिरिज जितेको छ । एक खेल भने अस्ट्रेलियाले जितेको थियो ।







डिसी नेपाल







Facebook Comment