इतिहासकै खराब ब्याटिङ गर्दै अस्ट्रेलियाले बनायो लज्जास्पद रेकर्ड
काठमाडौं । बंगलादेशविरुद्ध अस्ट्रेलियाले इतिहासकै खराब ब्याटिङ गर्दै लज्जास्पद रेकर्ड बनाएको छ । ढाकामा भएको अन्तिम टी२० अन्तर्राष्ट्रियमा १३.४ ओभरमा अलआउट हुँदै मात्र ६२ रन बनायो ।
जुन टी२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाको सबैभन्दा कम रन हो । यसअघि अस्ट्रेलियाले सन् २००५ मा इंग्ल्याण्डविरुद्ध ७९ रन बनाएको थियो । यस्तै अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा अस्ट्रेलिया सबैभन्दा छिटो अलआउट भएको हो । २००५ मा इंग्ल्याण्डविरुद्ध ७९ रन बनाउँदा अस्ट्रेलियाले १४.३ ओभरमा सम्म ब्याटिङ गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment