एमसीसीबारे देउवा र प्रचण्डलाई ओलीको व्यंग्य र चुनौती

डिसी नेपाल
२५ साउन २०७८ २२:४४
2.4k
Shares

काठमाडौं । अमेरिकी सरकारले दिने एमसीसी ग्राण्ट रकम संसदबारे पारित गर्ने नगर्नेबारे सरकारको साझा कार्यक्रममा केही नबोलिएकोमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।

पार्टीको केन्द्रीय समितिको सोमबारको बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे बोल्दै अध्यक्ष ओलीले आफू सरकारमा हुन्जेल एमसीसी पास गराउन र फेल गराउन हो हल्ला गर्नेहरु दुबैले अहिले आफू सरकारमा हुंदा मौनता सांधेकोमा आश्चर्य व्यक्त गरे ।

विपक्षी दलको नेता हुंदा हालका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग एमसीसी ग्राण्टलाई तत्काल संसदबाट पास गर्नुपर्ने कुरा पटक पटक उठाएका थिए । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई संशोधन नगरी पारित गर्नु नहुने अडान राख्दै सकेसम्म अमेरिकी सहयोग नलिने गरी तत्कालीन नेकपामा ओलीविरुद्ध लविंग गरेका थिए । अध्यक्ष ओलीले क्रान्तिकारीहरु सरकारमा भएका बेला एमसीसी सिधै खारेज गर्छौं किन भन्न नसकेको भन्दै प्रचण्डलाई व्यंग्यसमेत गरेका थिए ।

बैठकमा ओलीले भने, एमसीसी संसदमा छ, ‘पास गर्ने कि फेल गर्ने भन्नेबारे कथित साझा कार्यक्रममा एक शब्द छैन । एमसीसी के हो ? यसमा सरकारसंग कुनै दृष्टिकोण छैन ।’

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार, अध्यक्ष ओलीले ‘एमसीसीका बारेमा बार्ता गर्नेहरु, सम्झौता गर्नेहरु नै अहिले सरकारमा छन् , एमसीसी पारित गर्न जम्मा १३६ मत चाहिने तर यो सरकारसंग १६५ मत छ तै पनि यसलाई पारित गर्ने नगर्नेबारे सरकार मौन देखिएको छ’ भनेका थिए । एमसीसीसम्बन्धी सम्झौतामा हाल कानुनमन्त्री रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले तत्कालीन अर्थमन्त्रीका हैसियतले हस्ताक्षर गरेका थिए ।

अध्यक्ष ओलीले एमसीसी संसदमा पेश भएको भए पनि यसबारे सरकारसंग नै पर्याप्त बहुमत भएकाले आफूहरुसंग कसैले केही कुरा नगरेको जानकारी पनि केन्द्रीय कमिटीलाई दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.