टी – ट्वान्टी विश्वकपका लागि न्युजिल्याण्डको टिम घोषणा
काठमाडौं। न्युजिल्याण्डले आईसीसी टी – ट्वान्टी विश्वकप क्रिकेटका लागि केन विलियम्सनको कप्तानीमा १५ सदस्सीय टिम घोषणा गरेको छ।
न्युजिल्याण्डले केही पुराना खेलाडीहरुलाई टिममा राखेको छैन भने केही नयाँ अनुहारहरु विश्वकप खेल्ने टिममा समावेश भएका छन्।
टिमका महत्वपूर्ण सदस्य रहँदै आएका रोस टेलर टिममा परेका छैनन्। यस्तै कोलिन डी ग्राण्डहोम र फिन एलेनलाई पनि टिममा समेटिएको छैन्। यस्तै मार्क चाम्पमान र टोड अस्टेल विश्वकप खेल्ने टिममा रहेका छन्।
टी – ट्वान्टी विश्वकप युएई र ओमानमा संयुक्त रुपमा अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म आयोजना हुँदैछ।
समूह २ मा रहेको न्युजिल्याण्डको समूहमा भारत, पाकिस्तान रहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment