मेस्सी पीएसजी जान सहमत, २ वर्षको सम्झौता
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित हुने पक्का भएको छ । पीएसजीसँग दुई वर्षे सम्झौताका लागि मेस्सी सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
पीएसजीले मेस्सीलाई २ वर्षको सम्झौता गर्न औपचारिक प्रस्ताव गरेको थियो । यस्तै सम्झौता थप गर्नका लागि विकल्प समेत दिएको थियो । जसमा मेस्सी सहमत भएका हुन् । यस्तै पीएसजीले मेस्सीलाई कर काटेर वार्षिक २५ मिलियन पाउण्डको प्रस्ताव गरेको बताईएको छ ।
मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा क्लबसँग सम्झौता नवीकरण गर्न असफल भएका थिए । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता मेस्सी टिमको महत्वपूर्ण सदस्य रहदै आएका थिए ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे । मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जिते ।







डिसी नेपाल







Facebook Comment