बार्सिलोनाले क्याम्प नाउबाट हटायो मेस्सीको पोस्टर

डिसी नेपाल
२६ साउन २०७८ २०:०९
7.6k
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले पूर्व कप्तान लियोनल मेस्सीको पोस्टर हटाएको छ । मेस्सीले क्लब छाडेसँगै बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा रहेको पोस्टर हटाएको हो ।

२१ वर्ष क्लबमा बिताएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए । अब मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता गर्ने तय भईसकेको छ । पीएसजीसँगको सम्झौताका लागि लियोनल मेस्सी फ्रान्सको पेरिस प्रस्थान गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *