मान्छेको जस्तो दाँत भएको माछा फेला पर्‍यो

डिसी नेपाल
२७ साउन २०७८ ६:४७
332
Shares

बीबीसी। संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको एउटा माछा फेला परेको छ। नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेको थियो।

उक्त माछा शीप्सहेड जातको भएको बताइएको छ। आफ्नो सिकार चबाउन उक्त जातका माछाको मुखमा बङ्गाराका लहरहरू हुन्छन्। उक्त माछाको मुख र भेडाको मुख झट्ट हेर्दा उस्तै देखिने भएकाले अङ्ग्रेजीमा उक्त माछालाई सम्भवतः “शीप्सहेड” नामकरण गरिएको हो।

जेनेट्स पीएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिन नामक व्यक्तिले उक्त माछा समातेका हुन्। “मुखभरि दाँत भएको” माछा देखेपछि आफूलाई पनि शीप्सहेड जातको माछा समात्न मन लागेको मार्टिनले बताए।

स्थानीय मक्क्ल्याची न्यूजसँग कुरा गर्दै उनले उक्त माछा समात्न पाएकोमा प्रसन्नता व्यक्त गरे। उनले त्यो माछा निकै स्वादिलो हुने पनि बताए।

अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन। फेसबुकमा #bigteethbigtimes उल्लेख गरेर प्रेषित तस्बिरले निकै चर्चा पायो।

“के डेन्चर (मानिसले लगाउने नक्कली दाँत) त्यहाँबाट आउँछ?” एक जनाले ठट्यौलो पारामा लेखे। अर्का एक जनाले लेख, “त्यो माछाको दाँत मेरोभन्दा राम्रो छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *