पल शाह बने लुगा सिउने दर्जी [भिडियो]

डिसी नेपाल
२७ साउन २०७८ १३:५२
156
Shares

काठमाडौं । चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडियो ुसानुु सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द र संगीत रहेको सो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् ।

भिडियोमा पल शाह र निरञ्जली लामा फिचर्ड छन् । चिठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् । थुप्रै सफल गीतका सर्जक शम्भु राईका गीतहरुमा मौलिकता भेटिन्छन। सार्वजनिक गीत सानुमा पल शाहले लुगा सिउनेको भूमिका गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.