तालिबानसँग अफगानीहरु आफैं लड्नुपर्छ, सेना फिर्ता बोलाएकोमा पछुतो छैनः बाइडेन

डिसी नेपाल
२७ साउन २०७८ १६:३५
8.6k
Shares

काठमाडौं। अमेरिकी र नाटो सेना फिर्ता जान थालेसँगै अफगानिस्तानमा तालिबानले कब्जा बढाउँदै गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानी नेताहरुलाई आफ्नो मातृभूमिको लागि लड्न अपिल गरेका छन् । ह्वाइट हाउसमा एक कार्यक्रममा बाइडेनले अफगानी नेताहरु एकसाथ अगाडि आउनुपर्ने बताए । अफगानी सैनिकको संख्या तालिबानभन्दा धेरै भएको बताउँदै बाइडेनले उनीहरु आफ्नो देशको लागि लड्नुपर्ने बताए ।

बाइडेनले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाएकोमा आफूलाई कुनै पछुतो नभएको बताए । अमेरिकाले अफगानी सेनालाई हवाइ सहायता, भोजन, उपकरण र पारिश्रमिक दिन जारी राख्ने उनले बताए । २० वर्षको अवधिमा अमेरिकाले १ ट्रिलियन डलर खर्च गरेको छ र हजारौं सैनिक गुमाएको छ ।

बाइडेनले भने ‘हामीले अफगान सुरक्षा बलका ३ लाखभन्दा धेरै सैनिकलाई प्रशिक्षण दियौं । अब उनीहरुले जिम्मेवारी सम्हाल्नुपर्छ ।’ बाइडेनले सेप्टेम्बर ११ सम्म युद्धग्रस्त क्षेत्रबाट सबै सैनिक फिर्ता हुन आदेश दिएका छन् । पेन्टागनका अनुसार अहिलेसम्म ९० प्रतिशतभन्दा धेरै सैनिक फर्किइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *