अफगानिस्तानका पूर्व उपराष्ट्रपतिका छोरालाई तालिबानले अपहरण गरे
काठमाडौं। तालिबानले अफगानिस्तानका पूर्व उपराष्ट्रपति अब्दुल राशिद दोस्तमका छोरालाई जवज्जान विमानस्थलबाट अपहरण गरेका छन् । उनको साथमा केही अफगानी सैनिकलाई पनि बन्दी बनाइएको छ । दोस्तमका छोराको अपहरण अफगानिस्तान सरकारको लागि ठूलो झट्का मानिएको छ । दोस्तम उत्तरी अफगानिस्तानमा प्रभावशाली नेता हुन् ।
दोस्तमले १९९० को दशकमा अफगानिस्तानमा नर्दर्न अलायन्स खडा गरेका थिए । इस्लामिक एमिरेट अफ अफगानिस्तानले काबुलमा कब्जा गरेपछि यो संगठन अफगानिस्तानको मुक्तिको लागि बनाइएको थियो । यसको आधिकारिक नाम युनाइटेड इस्लामिक फ्रन्ट थियो । बुधबार अफगानी राष्ट्रपति अशरफ गनी मजार ए शरीफ गएका थिए । त्यहाँ राष्ट्रपति गनीसँग दोस्तमले भेट गरेका थिए । भेटको भोलिपल्टै उनका छोराको अपहरण गरिएको हो ।
राष्ट्रपति गनी र दोस्तमबीच मजार ए शरीफको सुरक्षाको विषयमा कुरा भएको थियो । मजारको बाहिरी षेत्रमा तालिबानले कब्जा गरिसकेका छन् । यदि यो शहरमा पनि तालिबानको कब्जा भएमा यो अफगानिस्तान सरकारको लागि ठूलो झट्का हुनेछ । यो शहरको साथमा पूरै उत्तरी अफगानिस्तान तालिबानको कब्जामा जानेछ । १९९८ मा तालिबानले मजारमा कब्जा गरेपछि करिब २ हजार जनाको हत्या गरेका थिए ।







डिसी नेपाल







Facebook Comment