सांसद महतको प्रश्न : कुलमान बुढो भएपछि सरकार के गर्छ?

डिसी नेपाल
२८ साउन २०७८ १४:०१
7.1k
Shares

काठमाडौं । हुम्लाका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङलाई पुनःविद्युतप्रधिकरणको कार्यकारी निर्देशक बनाएकोमा आपत्ति जनाएका छन्। माओवादी केन्द्रका सांसदसमेत रहेका महतले घिसिङ बाहेक अरुलाई राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गरे।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कुलमानबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ? भनी प्रश्न गरेका छन्।

‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त? कुलमान बुढो भएपछि के गर्छ त सरकारले?’ उनले भने। जनमानसमा लोकप्रिय छवि बनाएका घिसिङ यसअघि प्राधिकरणमा चार वर्षे कार्यकाल पूरा गरिसकेका थिए।

तर उनलाई सोमबारको मनिपरिषद्को बैठकले पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.