क्यानेडेली नागरिकलाई कानुन बमोजिम कारवाही गरिएको चिनियाँ परराष्ट्र मन्त्रालयको दावी
बेइजिङ । चीनमा रहेका एक क्यानेडेली नागरिकले चीनको कानून विपरित गतिविधि गरेको भेटिएकोले उहाँमाथि कारबाही भएको बताएको छ ।
“चीनले आफ्नो देशको कानून बमोजिम नै चीनमा रहेका क्यानडाका व्यापारी माइकल स्पाभरीलाई कारवाही गरेको हो,” चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले बिहीबार पत्रकारद्वारा स्पाभरीविरूद्धको कारबाहीबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने ।
चीनको एक अदालतले स्पाभरीलाई जासुसी गरेको आरोपमा हालै दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।
प्रवक्ता ह्वा छुन यिङले भने, “क्यानाडाले उसका केही सहयोगी मुलुकलाई हातमा लिएर गरी चीनको अदालतले चीनमा भएका क्यानेडेली नागरिकलाई ऐन बमोजिम कारवाही गरेकोमा प्रश्न गर्नु गलत हो । यसले चीनको कानुनी सार्वभौमिक अधिकारको हनन भएको छ । चीन यसको कडा शब्दमा निन्दा गर्छ । सम्बन्धित मुलुकहरुले कानुन बमोजिम प्रशासन गर्ने भावना गरी चीनको कानुनी सार्वभौमिकताको सम्मान गरी गैरजिम्मेवार भनाइ रोक्न हामी आग्रह गर्दछौँ ।
चीन र उत्तर कोरियाबीच यात्रा र सांस्कृतिक आदानप्रदान व्यवसाय चलाउने स्पाभरी जासुसी र अवैध रुपमा राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा दोषी ठहरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका थिए । अदालतले उहाँको केही निजी सम्पति पनि जफत गर्ने आदेश दिएको बताइएको छ ।
अमेरिकाको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकारी मेन वान्झाउलाई गिरफ्तार गरेको केही समयपछि सन् २०१८ को डिसेम्बरमा चीनमा हिरासतमा लिइएका दुई क्यानाडेलीमध्ये स्पाभरी एक हुन् । यता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने चीनले आफ्ना नागरिकलाई सुनाइएको सजायको फैसला बदलाको भावले उत्प्रेरित रहेको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment