देउवा सरकारको एक महिना : नागरिकमा आशाभन्दा निरासा बढी
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको आज एक महिना पूरा भएको छ। प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पूरा हुँदासमेत देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन्।
आफूसँगै चार जना मन्त्री नियुक्त गरेका देउवाले त्यसको १५ दिनपछि स्वास्थ्य राज्यमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए। जसको सर्वत्र आलोचना भएको थियो।
सरकार गठन भएको एक महिना पूरा हुँदासमेत सरकारलाई पूर्णता दिन नसक्दा नागरिकमा निसाशा बढ्न थालेको छ। गठबन्धन दलमा मन्त्री चयन गर्न नसकेका कारण मन्त्रिपरिषद विस्तारले पूर्णता नपाएको नेताहरुले बताएका छन्।
प्रधानमन्त्री देउवाकै दलभित्र मन्त्रीको आकांक्षी धेरै पछि देउवा अफ्ठेरोमा परेका छन्। उनलाई पार्टीभित्र वरिष्ठ नेता पौडेल समूह र आफ्नै समूहलाई समेट्नुपर्ने चुनौती छ।
उता माओवादी केन्द्रमा पनि मन्त्रीको आकांक्षी धेरै हुँदा समस्या भएको छ। माओवादी केन्द्रमा कसेको नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेमा विवाद बढ्दै गएको छ।
नारायणकाजी श्रेष्ठ आफ्नो नेतृत्वमा सरकारमा जानुपर्ने पक्षमा छन् भने पूर्वसभामुखसमेत रहेका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्छ भन्ने मत बलियो छ। श्रेष्ठ संसदीय निर्वाचनमा पराजित भएका कारण उनको नेतृत्वमा सरकारमा सहभागी नहुन अध्यक्ष प्रचण्डमाथि दबाव छ।
हाल माओवादी केन्द्रबाट दुई जना मन्त्री सरकारमा सहभागी छन्। माओवादीले सातवटा मन्त्रालय पाउने पूर्व सहमति छ। जस अनुसार माओवादीले अब पाँच जना मन्त्री सरकारमा पठाउनुपर्छ। तर अहिलेसम्म उसले मन्त्रीको टुंगो लगाउन सकेको छैन।
अर्को सत्ता सहयात्री दल जनता समाजवादी पार्टीभित्र पनि सरकारमा कसको नृेतत्वमा सहभागी हुने भन्ने विषयमा विवाद छ। अध्यक्ष उपेन्द्र यादव आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने अडानमा छन्।
तर संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहाभागी हुनुपर्ने पक्षमा छन्। यादव यसअघि बारम्बार सरकारमा सहाभागी भइसकेको भन्दै एक समूह उनलाई रोक्नुपर्ने पक्षमा छ। तर यादव आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने हो भने अरुलाई पनि सरकारमा पठाउन नहुने पक्षमा छन्।
राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा पठाउँदा मधेस बेस भएको दलभित्र विरोध हुने भन्दै यादव समूह श्रेष्ठलाई रोक्ने प्रयासमा छ। फेरि यादवले आफू उपप्रधानसहित परराष्ट्रमन्त्रीको दाबी गरिरहेका छन्। तर प्रधानमन्त्री देउवा परराष्ट्रमन्त्रालय आफैंसँग राख्न चाहन्छन्। जसका कारण सरकार विस्तारमा विलम्ब भइरहेको छ।
देउवा सरकार गठनमा निर्णायक भूमिका निर्वाह गरेको माधव नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड लागिपरेका छन्।
नेपाल समूहले निर्णय गर्न नसक्दा सरकार विस्तारमा ढिलाइ भएको गठबन्धनका नेतहरुले बताएका छन्। कोरोना महामारीसँग जुधिरहेका मुलुकमा लामो समयसम्म सरकारले पूर्णता नपाउँदा नागरिकमा निरासा बढेको भन्दै प्रधानमन्त्रीको आलोचना हुन थालको छ।
अहिले प्रधानमन्त्री देउवाको ध्यान पार्टी महाधिवेशनमा केन्द्रित हुँदा सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।
सरकारले पूर्णता नपाउँदा संघीय संसदसमेत विजनेशविहीन बनेको छ। यसअघि ओली नेतृत्वको सरकारले संसदलाई विजनेश नदिएको भन्दै आलोचना गर्ने नेताहरु अहिले सत्तामा छन्। तै पनि संसद विजनेश विहीन अवस्थामा छ।
‘एक महिनासम्म सरकारलाई पूर्णता दिन नसक्ने प्रधानमन्त्रीबाट जनताले के अपेक्षा गर्ने भन्ने सन्देश गएको छ,’ नेपाली कांग्रेसका एक नेताले भने, ‘हामीले ओली सरकारको निकै विरोध गर्यौं अहिले हाम्रै पार्टीको नेतृत्वमा बनेको सरकारले एक महिनासम्म पूर्णता पाएको छैन। सरकारले पूर्णता नपाएपछि नागरिकमा निरासा बढ्नु स्वाभाविक हो।’
त्यसको त सरकार संचालनमा सहयोग गर्न बनेको कार्यदलले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। तर सो कार्यक्रम अनुसार सरकार सञ्चालन हुन नसक्दा सरकारको दिशा स्पष्ट हुन सकेको छैन।
प्रधानमन्त्री देउवाले आफ्नो प्रमुख प्राथमिकता नागरिकलाई खेप उपलब्ध गारउनु रहेको बताएको छ। तर खोपकेन्द्र व्यवस्थित हुन नसक्दा खोप लगाउन गएकाहरुबाटै समूदायस्तरमा कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढेको छ।







डिसी नेपाल








Facebook Comment