भान डाइकले लिभरपुलसँग गरे सम्झौता नवीकरण

डिसी नेपाल
२९ साउन २०७८ १६:४६
108
Shares

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । लिभरपुलले शुक्रबार नेदरल्यान्ड्सका डिफेन्डर भान डाइकले सम्झौता नवीकरण गरेको जनाएको छ ।

नयाँ सम्झौतासँगै भान डाइक २०२५ सम्म लिभरपुलमा रहने छन् । ३० वर्षीय डिफेन्डर सन् २०१८ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।

लिभरपुलका लागि उनले १ सय ३० खेलमा १३ गोल गरेका छन् । लिभरपुलबाट उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, यूईएफए सुपर कप र फिफा क्लब विश्वकप जितिसकेका छन् ।

भान डाइक नेदरल्यान्ड्सका कप्तान समेत हुन् । तर, चोटको कारण उनले युरोकप गुमाएका थिए । भान डाइकले नेदरल्यान्ड्सका लागि ३८ खेलमा ४ गोल गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *