तेस्रो लहरको आँकलन गर्दै अस्पताल पुनः सूचीकरण गर्न निर्देशन

डिसी नेपाल
२९ साउन २०७८ १९:३८
164
Shares

काठमाडौं । सरकारले कोभिड–१९ को दोस्रो लहरमा एक्कासी बढेको सङ्क्रमितको सङ्ख्याले तेस्रो लहरको सम्भावनालाई नकार्न नसकिने परिस्थितिको आँकलन गर्दै पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइ तथा स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । मन्त्रालयले सूचीकरणसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूमा प्रत्यायोजन गर्नाका साथै केन्द्र तथा अन्य निकायसँग समन्वय र सहकार्य गर्न निर्देशन पनि दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.