कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा (नामसहित)

डिसी नेपाल
२९ साउन २०७८ २०:३६
2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशनमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग छ ।

सामूहिक राजीनामा घोषणा गरेकाकेन्द्रीय सदस्यहरुमा नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, गोरख विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहरनारायण श्रेष्ठ, ध्रुव वाग्ले, मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ, अभिषेख प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर गुरुङ, आशाराम चौधरी, दिलीप राई र राजेश बहादुर सिंह रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.