बेपत्ता भएको ५ महिनापछि फ्रिजभित्र भेटियो युवतीको लाश
काठमाडौं। भेनेजुएलामा करिब ५ महिना पहिले बेपत्ता भएकी १९ वर्षकी एक युवतीको शल एक फ्रिजरभित्र भेटिएको छ । १९ वर्षकी एना ग्याब्रिएला मेडिना ब्लाङ्कोको लाश २९ जुलाइमा भेनेजुएलाको अरागुआ राज्यमा एउटा घरभित्र भेटिएको हो । निकै कम उमेरमा आमा बनिसकेकी यी युवतीका ४ वर्षका छोरा छन् ।
जाँचकर्ताहरुले एनाको हत्या भएको केस दर्ता गरेका छन् र उनका प्रेमीलाई खोजिरहेका छन् । अधिकारीहरुका अनुसार एनालाई कम्तीमा ५० पटक चक्कु हानिएको थियो । डेली मिररको एक रिपोर्टअनुसार एना हराएपछि सुरुवातमा उनका आफन्तहरु त्यति चिन्तित भएका थिएनन् किनकि उनी धेरैजसो फरक फरक सहरको यात्रा गरिरहन्थिन् र आफ्नो परिवारसँग पनि निकै छिटफुट रुपमा मात्र सम्पर्कमा रहन्थिन् ।

जाँचकर्ताले एनाको शवलाई फ्रिजरभित्र नग्न अवस्थामा भेटेका थिए । उनका हात बाँधिएका थिए र उनको टाउको खुट्टाहरुको बीचमा थियो । जाँचकर्ताहरुले पछि मात्र उनको शरीरमा चक्कुका कैयौं घाउ भएको थाहा पाएका थिए । उनका पूर्वप्रेमीलाई एनाका छोराको पिता मानिएको छ । अधिकारीहरुका अनुसार हत्याका आरोपी उनका प्रेमीले केही समय एनाको देखावटी रुपमा खोजी गरेका थिए ताकि कसैलाई शंका नहोस् ।
स्थानीय मिडियाका अनुसार एनालाई उनका छिमेकीहरुले पछिल्लो पटक फेब्रुअरी महिनामा देखेका थिए । एना प्रायः भेनेजुएलाको राजधानी काराकासको यात्रा गरिरहन्थिन् त्यसैले गृहनगरमा उनको अनुपस्थितिलाई असामान्य मानिँदैनथ्यो । एनाका सौतेनी पिताले स्थानीय मिडियालाई बताएअनुसार एना देशका अन्य ठाउँहरुको पनि यात्रा गरिरहन्थिन् र परिवारसँग निकै कम सम्पर्कमा रहन्थिन् ।







डिसी नेपाल







Facebook Comment