ओलम्पिकमा महिला खेलाडीले जितेको स्वर्णपदक मेयरले चपाइदिए
काठमाडौं। जापानमा जारी ओलम्पिक खेलमा एक महिला खेलाडीले जितेको स्वर्ण पदक सहरका मेयरले चपाइदिएका छन् । जापानको नागोया सहरका मेयर ताकाशी कावामुराले ओलम्पिकमा स्वर्ण पदक जितेकी सफ्टबल खेलाडी मियु गोटोको मेडललाई दाँतले टोक्दा मेडल नै भाँचिएको छ । गोल्ड मेडल भाँचिएपछि ओलम्पिक प्रशासनले यी खेलाडीको लागि नयाँ मेडल तयार गर्ने बताएको छ ।
समाचार एजेन्सी एपीका अनुसार घटनाका बेला त्यहाँ मिडियाकर्मी पनि उपस्थित थिए । रिपोर्टका अनुसार ताकाशीले मेडललाई दाँतले टोक्दा मेडल भाँचिएको आवाज आएको थियो । यो घटनापछि ताकाशीले सामाजिक संजालमार्फत माफी मागेका छन् । तर, यो घटनापछि मानिसहरु निकै आक्रोशित छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी एथलिट्स कमिशनकी सदस्य युकी ओटाले आफ्नो एक ट्वीटमा ताकाशीको आलोचना गरेकी छिन् ।
उनले ट्वीटमा लेखेकी छिन् ‘मलाई थाहा छैन कि यी खेलाडी र मेयरबीच के सम्बन्ध छ तर यो घटनाले प्रस्ट हुन्छ कि उनलाई यी खेलाडीप्रति कुनै सम्मान छैन ।’ ताकाशीले माफी मागे पनि पनि मानिसहरुमा आक्रोश भने कम भएको छैन । जापानको सार्वजनिक प्रसारक एनएचकेका अनुसार ताकाशीले मेडल भाँचेलगत्तै नागोया सिटी हलमा उनको आलोचना गर्दै ७ हजारभन्दा धेरै इमेल र फोन आएका थिए ।
टोक्यो ओलम्पिकमा जापानको लागि स्वर्ण पदक जित्ने अर्की खेलाडी नाओहिसा ताकातोले ट्वीट गर्दै यस्तो घटना आफ्नो मेडलसँग भएको भए आफू निकै भावुक हुने र रुन रोक्न नसक्ने बताएकी छिन् । उनले आफ्नो मेडललाई आफूलाई भन्दा सम्हालेर राख्ने गरेको बताइन् । जनताको आक्रोश देखेपछि मेयर ताकाशीले प्याराओलम्पिक टर्च इभेन्टमा भाग नलिने निर्णय गरेका छन् । अब इभेन्टमा उपमेयर सहभागी हुनेछन् ।







डिसी नेपाल







Facebook Comment