असहज बाटो रोज्नु पर्ने स्थितिमा पुगियो – माधव नेपाल
फाइल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्तिम समयसम्म पनि आफु एकताको पक्षमा लागे पनि त्यो सफल नहुने भएपछि असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको बताएका छन्।
काठमाडौंमा शनिबार भएको एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीभित्र अहंकार, व्यक्तिवाद, स्वार्थ हावी भएकोले निरन्तर संर्घषमा रहने समेत बताए। उनले भने ‘अहंकार, व्यक्तिवाद, स्वार्थ हावी भयो। विकृति विसंगति धेरै कुरामा देखापरेका छन्। यो समस्याको समाधान गर्ने कि त्यहीभित्र छिर्ने भन्ने प्रश्न छ। त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनैपनि काम गरिँदैन, त्यसका विरुद्ध निरन्तर जुधिन्छ।’
यस्तै नेता नेपालले अपमान सहेर पार्टी एकता हुन नसक्ने बताएका छन्। वामदेव गौतमजस्तो अपमान सहेर पार्टीमा नबस्ने भन्दै उनले पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताए।
‘वामदेव कमरेडजस्तो अपमान भएर, अपमानित भएर त्यसपछि भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुने ? न रुन सकिने न हाँस्न सकिने ? त्यो अवस्थामा कोही पनि नपरुन्’ उनले भने।







डिसी नेपाल








Facebook Comment