आगामी पुषमा राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका छन्। शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका हुन्।
उक्त प्रस्तावमा आउँदो पुस ११, १२ र १३ मा महाधिवेशन गर्ने उल्लेख छ। यस्तै उक्त प्रस्तावमा भदौ मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सबै टोल टोलमा सेल कमिटी गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने र असोज ३० गतेभित्र गाउँपालिका र नगरपालिकाको सम्मेलन सक्ने कार्ययोजना छ।
साथै कात्तिक ३० गते जिल्ला, मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पुस ११ देखि १३ सम्म राष्ट्रिय महाधिवेशन गर्ने लगाएतका कुराहरु प्रचण्डको प्रस्तावमा उल्लेख छ। उक्त प्रस्ताव माथी छलफल जारी छ।







डिसी नेपाल








Facebook Comment