बैंकिङ कसुरमा फरार अभियुक्त पोर्चुगलबाट पक्राउ गरी नेपाल ल्याइयो

डिसी नेपाल
३० साउन २०७८ १७:५४
3.0k
Shares

काठमाडौं । बैक तथा वित्तिय संस्थाहरु ठगी गरेर विदेश पुगेका एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरी नेपाल ल्याएको छ । नेपालमा बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका केदार ढुङ्गानालाई शनिबार नेपाल ल्याइएको हो । डीएसपी निशान्त श्रीवास्तवसहित इन्टरपोलको टोली पोर्चुगल पुगेर काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का ढुङ्गानालाई पक्राउ गरेर शनिबार नेपाल ल्याएको हो ।

ढुङ्गानाले तत्कालीन इनडीइपी डेभलपमेण्ट बैङ्क (हालको देवः विकास बैङ्क) सहित अन्य कयौँ व्यक्तिलाई ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान व्युरोमा (सीआईबी) मा परेको थियो । ढुङ्गानाको गिरोहलाई बैङ्कले विभिन्न पटक गरी करिब २ करोड रुपैयाँ ऋण दिएको थियो । सीआईबीले लामो अनुसन्धान गर्दै २०७५ सालमा तत्कालीन एनडीइपी डेभलपमेण्ट बैङ्क र देव विकास बैङ्क ठगी प्रकरणमा काभ्रेको भुम्लु गाउँपालिका वडा नं १ का नारायणबहादुर श्रेष्ठ, सोही वडाका सदस्यसमेत रहेका बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ र काभ्रेकै चौबास–४ घर भएका कृष्णबहादुर खत्रीलाई पक्राउ गर्‍यो ।

त्यस्तै पर्साको वीरगञ्ज घर भई ललितपुरको ज्वागल बस्ने नरेशमान सिंह (बैङ्कका भ्यालुएटर) र काठमाडौँ महानगरपालिका–२३ सरिनशंकर श्रेष्ठ (देव विकास बैङ्कका तत्कालीन ब्राञ्च म्यानेजर) लाई पनि प्रहरीले पक्राउ गर्‍यो । घटनाको मुख्य योजनाकार मानिएका केदार ढुङ्गाना भने फरार भइसकेका थिए । मुख्य योजनाकार एक ढुङ्गाना युरोपमा बिजनेस गरेर बसिरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.