कांग्रेस महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म, वडा अधिवेशन भदौ १८ मा

डिसी नेपाल
३० साउन २०७८ १९:१२
260
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म आयोजना हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय गरेको छ । भने स्थानीय तहका अधिवेशन भदौ २७ गते आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएको छ ।

प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना हुने भएको छ । भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।

यस्तो छ कार्यतालिका

-वडा अधिवेशन भाद्र १८ गते ।
-पालिका अधिवेशन भाद्र २७ गते ।
-प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते।
-क्षेत्रीय अधिवेशन असोज ५ गते ।
-जिल्ला अधिवेशन असोज १० गते ।
-सात प्रदेश अधिवेशन कार्तिक १० ,११ र १२ गते ।
-केन्द्रीय महाधिवेशन मंसिर ९ – १३ गते काठमाडौं ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.