बिहेको १४६ वर्षपछि दम्पतीकी पनातिनीलाई दिइयो विवाह दर्ता प्रमाणपत्र, संग्रहालयमा राखिने

डिसी नेपाल
३१ साउन २०७८ ११:२२
280
Shares

काठमाडौं। १४६ वर्ष पहिले विवाह गरेका एक दम्पतीको विवाह दर्ता प्रमाण पत्र अहिले दिइएको छ । तर, त्यो प्रमाण पत्र लिन ती दम्पती जीवित थिएनन् । उनीहरुका छोराछोरी र नातिनातिनी पनि उपलब्ध नभएपछि उक्त प्रमाणपत्र दम्पतीकी पनातिनीलाई दिइएको छ ।

अमेरिकाको नर्थ क्यारोलिना थ्रिफ्ट स्टोरमा यो १४६ वर्ष पुरानो विवाह प्रमाणपत्र एक तस्वीरको फ्रेमभित्र लुकेर रहेको पाइएको थियो । बोलिभियामा होप चेस्ट थ्रिफ्ट स्टोरका एक कर्मचारी पाम फेल्प्सले बताएअनुसार १८८९ मा बनजेको प्राचीन पेन्टिङको सफाइ गर्ने क्रममा यो १४६ वर्ष पुरानो विवाह प्रमाणपत्र भेटिएको थियो ।

एउटी सानी बालिका र एउटा कुकुर अंकित यो प्राचीन पेन्ङि सफा गर्ने क्रममा त्यसको फ्रेमभित्र लुकेको अवस्थामा यो विवाह प्रमाणपत्र भेटिएको थियो । यो विवाह प्रमाण पत्रमा विलियम नामका व्यक्ति र केटी नामकी महिलाको विवाहको विवरण उल्लेख गरिएको थियो । विवरणका अनुसार यो विवाह न्यू जर्सीमा भएको थियो । प्रमाण पत्र भेटिएपछि स्टोरका कर्मचारीले त्यो दम्पतीका जीवित आफन्तको खोजी सुरु गरेका थिए ।

दम्पतीका आफन्तको खोजीका क्रममा उनीहरुकी पनातिनी आइरिश कोर्निश भेटिएकी थिइन् । कोर्निशले डब्लुडब्लुएवाइ टिभीलाई बताएअनुसार प्रमाणपत्र भेटिएपछि टेलिभिजनमा यसबारे सूचना प्रसारण गराइएको थियो । सूचना देखेपछि उनलाई यो जोडी आफ्ना जिजुहजुरबुवा–आमा विलियम र क्याथरिन डेभर्स हुन सक्ने शंका भयो । उनले परिवारको विषयमा एक शोध गर्दा यसबारे थाहा पाएकी थिइन् ।

उनका अनुसार उनलाई परिवारका पुराना सामान एक स्टोरलाई दान गरिएको याद छ र सम्भवतः त्यतिबेला यो विवाह प्रमाणपत्र त्यसरी गएको हुन सक्छ । यद्यपि नर्थ क्यारोलिनाको स्टोरसम्म यो प्रमाणपत्र कसरी पुग्यो भन्ने उनलाई स्पष्ट थाहा छैन । उनले यो प्रमाणपत्र फ्रेम गराएर संग्रहालयमा पदर्शन गर्ने सोच बनाएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *