अफगानी राष्ट्रपतिलाई राजीनामा दिन अमेरिकाको दबाब, तालिबानले अन्तरिम सरकार बनाउने

डिसी नेपाल
३१ साउन २०७८ १२:२२
9.4k
Shares

काठमाडौं। तालिबानी लडाकुहरुले देशका विभिन्न प्रमुख सहर र क्षेत्रहरु कब्जा गर्दै अब राजधानी काबुलबाट केवल ११ किलोमिटरको दूरीमा पुगेका छन् । यहाँबाट काबुल पुग्न केवल १० मिनेट समय लाग्छ । पछिल्ला केही दिनमै तालिबानी लडाकुहरुले अफगानिस्तानका उत्तरी, पश्चिमी र दक्षिणी राज्यहरुमा कब्जा गरिसकेका छन् । पछिल्लो तीन दिनमै तालिबानी लडाकुहरुले १९० किलोमिटरको दूरी पार गरिसकेका छन् । अब उनीहरु काबुलको नतिकै छन् ।

स्रोतका अनुसार अफगानी राष्ट्रपति अशरफ गनीमाथि राजीनामाको दबाब बढेको छ । सूत्रका अनुसार अहिलेसम्म अफगानी सरकारलाई समर्थन गरिरहेको अमेरिकाले नै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा दिन दबाब बढाइरहेको छ । राष्ट्रपतिसँग सम्बद्ध एक सूत्रका अनुसार राष्ट्रपति गनी एक शान्ति योजनामा काम गरिरहेका छन् । यो योजना के हो भन्नेबारे अधिक जानकारी दिइएको छैन ।

अब तत्कालै अन्तरिम सरकार समेत बनाइन सक्ने बताइएको छ जसमा तालिबानको नियन्त्रण भएका प्रान्तमा उनीहरुकै नियन्त्रण रहन दिइन सक्छ । यद्यपि यहाँ पछिल्ला घटनाक्रमका आधारमा केही पनि निश्चित देखिँदैन । स्थानीय मिडिया रिपोर्टका अनुसार उपराष्ट्रपतिका प्रवक्ता मोहम्मद अमिरीले राष्ट्रपतिको भिडियो सन्देश छिटै जारी गरिने बताएका छन् । राष्ट्रपतिले पद छोड्नेबारे के निर्णय गर्छन् भन्ने अहिल्यै भन्न नसकिने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *