माओवादी केन्द्रीय कमिटी बैठक आजै सकिने
काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो।
बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको थियाे। आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई साेमबार बस्ने स्थायी समितिको बैठकले व्याख्या र निस्कर्ष निकालिनेछ।
आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेश गरेकाे राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ। समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment