तालिबानीले जलालाबाद पनि कब्जा गरे, गभर्नरले चुपचाप आत्मसमर्पण गरे

डिसी नेपाल
३१ साउन २०७८ १३:१९
10.3k
Shares

काठमाडौं। अफगानिस्तानमा तालिबानीले जलालाबादमा पनि कब्जा गरेका छन् । यससँगै राजधानी काबुलको देशका पूर्वी क्षेत्रसँग सम्पर्क विच्छेद भएको छ। तालिकानले आइतबार बिहान केही तस्वीर अनलाइनमार्फत जारी गरेका थिए जसमा तालिबानी लडाकुहरुलाई नांगरहार प्रान्तको राजधानी जलालाबादमा गभर्नरको कार्यालयमा देख्न सकिन्छ।

प्रान्तका सांसद अबरारुल्ला मुरादले पनि मिडियासँग कुरा गर्दै जलालाबादमा तालिबानीले कब्जा गरेको बताउका छन्।  जानकारीअनुसार जलालाबादमा कुनै किसिमको संघर्ष भएन किनकि गभर्नरले स्वयं तालिबानीको अगाडि आत्मसमर्पण गरेका थिए।

तालिबानले अफगानिस्तानको ठूलो क्षेत्रमा कब्जा गरिसकेको छ र यससँगै अफगानिस्तानको सरकार दबाबमा आएको छ। एक महिना अगाडिसम्म जलालाबादका जनतालाई तालिबानीको कुनै डर थिएन तर अब त्यहाँ पनि तालिबानीको कब्जा भइसकेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले अफगानिस्तानबाट अमेरिकी सुरक्षाबलको सुरक्षित फिर्ता सुनिश्चित गर्नको लागि युद्धग्रस्त क्षेत्रमा ५ हजार सैनिकको तैनाथीको आदेश दिएको छ।

रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार अमेरिकाका १ हजार सैनिक पहिलेदेखि नै अफगानिस्तानमा छन्। गत हप्ता ३ हजार थप सैनिक पठाउन आदेश दिइएको छ। राष्ट्रपतिले शनिबार १ हजार थप सैनिक पठाउन आदेश दिए । अफगानिस्तानमा अब अमेरिकी सैनिकको संख्या ५ हजार पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *