मापसे जाँच भइरहेका बेला बियरका सयौं खाली क्यान भरिएको कार आएपछि…
काठमाडौं। एकजना कार चालकले आफ्नो कारको पछिल्लो सिटदेखि पछाडिको भाग पूरै बियरका खाली क्यानले भरेर कार चलाइरहेका बेला बाटोमा मादकपदार्थ सेवन गरेर गाडी चलाउनेको जाँच गर्न बसेका प्रहरीको फन्दामा परे । तर, समातिएपछि ती गाडी चालकले निकै गजबको जवाफ दिए । उनले प्रहरीलाई आफूले ती खाली बियरका क्यानहरु रिसाइकल गर्नको लागि लैजान लागेको बताए ।
Recycling is good, but driving with an insecure load is dangerous. Driver stopped at a RIDE check on #Hwy400 in Waubaushene and charged with insecure load and drive while under suspension. Load was secured prior to departure. Please stay safe and #SecureYourLoad. #CRTraffic ^gp pic.twitter.com/PKu4MEVDbs
— OPP Central Region (@OPP_CR) August 4, 2021
गत हप्ता क्यानडाको ओन्टारियोमा नियमित मापसे जाँचको क्रममा अधिकारीहरुले त्यो टोयोटा कारलाई समातेका थिए । ती चालकले कारभरी बियरका खाली क्यान भरेको भए पनि उनले मादक पदार्थ सेवन गरेको पुष्टि भने भएन । उनको कारको पछाडिपट्टि भने सयौं बियरका खाली क्यानहरु थिए । मापसे पुष्टि नभएपछि ती चालकलाई असुरक्षित तरिकाले गाडीमा सामान बोकेको र शंकास्पद अवस्थामा गाडी चलाएको आरोपमा कारवाही गरिएको छ ।








डिसी नेपाल







Facebook Comment