माओवादी केन्द्रीय कमिटी बैठक : अध्यक्षकाे प्रतिवेदनमाथि छलफल जारी
काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राननीतिक तथा सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका छन्। अध्यक्ष प्रचण्डले शनिबार पेश गरेकाे राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिकाे छलफलमा सदस्यहरूले प्रश्न उठाएका हुन्।
अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफल भएको र टोली नेताले आफनो सुझाव राख्ने क्रममा सदस्यहरूले धारणा राखिरहेका छन्। प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो।
समूहका नेताले प्रतिवेदनमाथि धारणा राख्नेछन्। यसअघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो। बैठकमा केन्द्रीय समितिमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र विधानकाबारेमा छलफल भएको बताइएको छ।
प्रचण्डले शनिबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेका थिए। उनले संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडाइँ एवं मुलुकको समस्या समाधानका लागि पनि गठबन्धनको निरन्तरता अत्यावश्यकता रहेको उल्लेख गरेका छन्।
अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा पनि कायम राख्ने पार्टीको नीति हुनेछ’
गठबन्धनको संयुक्त सरकारले आफ्नो साझा नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरेको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमा त्यसलाई सफल कार्यान्वयन गर्न जोड दिने उल्लेख गरेका छन्।







डिसी नेपाल








Facebook Comment