तालिबानीको अगाडि अफगानिस्तान सरकारले घुँडा टेक्यो, राष्ट्रपति भवनमा सत्ता सुम्पिने तयारी

डिसी नेपाल
३१ साउन २०७८ १६:३२
8.5k
Shares

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा तालिबानी लडाकुहरु प्रवेश गरेका छन् । समाचार एजेन्सी एपीका अनुसार ३ अफगानी अधिकारीहरुले तालिबानीहरु काबुलको सीमाभित्र प्रवेश गरेको पुष्टि गरेका छन् । यसअघि तालिबानीले सबै बोर्डर क्रसिङहरु कब्जामा लिइसकेका छन् । अब तालिबानीहरुले ट्रान्जिसन फेज अर्थात सत्ता परिवर्तनको माग गरेका छन् । अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जकवालले पनि यसको पुष्टि गरेका छन् ।

टोलो न्यूजका अनुसार मिर्जकवालले भने ‘काबुलमा आक्रमण हुने छैन । सत्ता परिवर्तन शान्तिपूर्ण ढंगले हुनेछ ।’ उनले काबुलको सुरक्षाको जिम्मेवारी सुरक्षा फौजको भएको बताए । समाचार अनुसार तालिबानी वार्ताकार राष्ट्रपति भवन जाँदैछन् । त्यहाँ सत्ता हस्तान्तरणका विषयमा वार्ता हुनेछ । यसअघि तालिबानले पनि एक बयान जारी गर्दै आफूले काबुलमा शक्तिको बलमा कब्जा गर्न नचाहेको बताएको थियो ।

तालिबानको बयानमा उनीहरुले आफूहरुले सत्ताको शान्तिपूर्ण हस्तान्तरण चाहेको बताएका थिए । बयानमा यदि सत्ता परिवर्तन सहज र शान्तिपूर्ण ढंगले भएमा कुनै किसिमको जनधनको क्षति नगरिने भनिएको थियो । अहिलेसम्म काबुलको सीमामा कुनै किसिमको संघर्ष भएको छैन । तालिबानीहरु काबुलको कलाकान, काराबाग र पगमान जिल्लामा पुगेका छन् । यसलाई देखेर सरकारमा पनि चिन्ता देखिएको छ । आइतबार कार्यालयका कर्मचारीलाई पनि छिटो घर पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.