अफगानिस्तानमा रहेका नेपालीलाई घर फर्कने तयारी गर्न दिल्लीस्थित दुतावासको एडभाइजरी
काठमाडौं । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली दुतावासले अफगानिस्तानमा रहेका नेपालीलाई घर फर्कने आवश्यक तयारी गर्न अनुरोध गरेको छ ।
दुतावासले एक सुचना जारी गर्दै अब अफगानिस्तानमा रहेका नेपाली नागरिकले स्वास्थ्य परिक्षण तथा टिकट बुकिङ लगायतका तयारी गर्न आग्रह गरेको हो । उनीहरुले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न पनि दुतावासले भनेको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment