अफगानिस्तानको घटनालाई जोड्दै कमल थापाले भने, ‘ज्ञानेन्द्र प्रति मेरो सम्मान छ’
फाइल तस्वीर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र प्रति आफ्नो सम्मान रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा राजा र राष्ट्रपतिबीचको फरक भन्दै राजा देश छोडेर नभागेको जिकिर गरेका छन्।
उनले भनेका छन्, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ। २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो।’
तालिवानले अफगानस्तानको सत्ता कब्जा गरेपछि राष्ट्रपतिले देश छोडेर भागेका छन्। १९९४ मा ५० जना विद्यार्थीहरुको साथ पाएर सुरुवात भएको तालिवानले आज सत्ता कब्जा गरेको छ।
तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ।२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ।
राजा र राष्ट्रपति बिचको फरक पनि यही हो pic.twitter.com/Ed3vw10s0H— Kamal Thapa (@KTnepal) August 16, 2021







डिसी नेपाल







Facebook Comment