अफगानिस्तानमा रहेका नेपालीको चाँडाे उद्धार गर्ने सरकारको निर्णय

डिसी नेपाल
३२ साउन २०७८ १२:३६
68
Shares

काठमाडाैं। सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय भएको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपालीको उद्धारको लागि गठन गरेको निकायहरुलाई समन्वयात्मक ढंगले काम गर्न बैठकले निर्देशन दिएको बताए।

यसैगरी बैठकले भूपूर्व गोर्खा सैनिकहरुको सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनशन प्रति सरकारको ध्यानाकर्षण भएको समेत उनले बताए।

यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यस सम्बन्धी कूटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको प्रवक्ता कार्कीले बताए। उनले आमरण अनशन फिर्ता लिन भूपूर्व ब्रिटिस गोर्खासँग सम्बन्ध सबैमा आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.