‘प्रतिपक्षी दलको जिब्रोमा परामदेश भन्ने शब्द टाँसिएको छ’
काठमाडौं। सोमबार बसेको प्रनिनिधिसभा बैठकमा बोल्ने अधिकांक्ष सांसदहरुले अफगानिस्तानमा रहेका नेपालीहरुको यथाशिग्र उद्धार गर्न सरकारलाई आग्रह गरेका छन्।
तर कांग्रेस सांसद राजन केसीले भने,प्रतिपक्ष दलका नेताहरुले वर्तमान सरकार परामादेश भन्नेको भन्दै ‘काउन्टर’ दिएका छन्।
‘जून देशमा अदलत र सेना कमजोर बनाइन्छ त्यो मुलुक असफल राष्ट्रको रुपमा रुपान्तरण हुन्छ’ केसीले भनेका छन्,आजको दिनमा अदालतलाई कमजोर बनाउने गम्भिर षड्यन्त्र भइराखेको छ। यसले राष्ट्रको हित गर्दैन। प्रनिपक्षका साथीहरुको जिब्रोमा परामदेश भन्ने शब्द टासिएको छ।’
१४६ जना जनादेश भएको सांसद भौतिकरुपमा अदालतमा उपस्थित जनाउने काम गर्नु भनेको अदालतले परामदेश लिएको हैन,सांसदले अदालतलाई परमादेश दिएको उनको तर्क छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment