यस्तो छ आजको मौसम, सतर्क रहन आग्रह

डिसी नेपाल
१ भदौ २०७८ ६:३८
668
Shares

काठमाडौं । देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आफ्नो नियमित बुलेटिनमार्फत सतर्क रहन सबैमा आग्रह गरेको हो।

महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

हाल देशभर सामान्यदेखी पूर्ण बदली रहनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमि भूभागमा तराई नजिक रहेको छ भने पूर्वी भूभागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्नचापीय प्रणाली रहेको छ।

आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश नं १, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.